सोसल मिडिया
Contact Us
युनिकोड
मुगु । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जुम्लाको प्रशिदृ धामिक स्थल चन्दननाथ मन्दिरको ‘लिङ्गो बोक्ने मेला' अथात असोज कृष्ण त्रयोदशी’को अवसरमा जुम्ला जिल्ला भरका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिइने भएको छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशद्वारा जारी सूचना अनुसार प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८२-१२-२४ को निर्णय अनुसार सो बिदा दिइएको दिने गरेको थियो । प्रदेश सचिव लक्ष्मी कुमार वि.क.काे हस्ताक्षर रहेकाे उक्त सूचनामा सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशित गरिएको उल्लेख छ ।