बिहीबार ८.२८ अंकले घट्यो सेयर बजार, ९२ करोड बराबरको कारोबार

बिहीबार, चैत २३, २०७९

काठमाडौं । साताको पाँचौ दिन बिहीबार सेयर बजार ८ दशमलव २८ अंकले घटेको छ । नेप्सेका अनुसार, बिहीबार शून्य दशमलव ४४ प्रतिशतले घटेको सेयर बजारमा २८ लाख ७० हजार ८१९ कित्ता सेयर किनबेच भयो । जसबाट ९२ करोड ६ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेयर बजार १८६६ दशमलव ७९ विन्दुमा आएर रोकिएको छ । २१६ वटा सूचीकृत कम्पनीमध्ये बुधबार १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
कालीन्चोक दर्शन लिमिटेडका लगानीकर्ताले ९दशमलव ९८ प्रतिशतको नाफा बुक गरे भने सिटिजन्स म्युचुअल फन्ड–२ ले  ९दशमलव ९४ प्रतिशत नाफा कमायो ।
सामलिङ पावर कम्पनी लिमिटेडको ७ दशमलव ४३ प्रतिशतले घाटा भएको छ । बिहीबार सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडले ४ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ । सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडले नै १ लाख २० हजार ५५८ कित्ता र ६६६ पटक सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।  नेप्सका अनुसार आज दुई सय ६९ वटा कम्पनीको २८ लाख ७० हजार आठ सय १९ कित्ता शेयर २३ हजार तीन सय ८८ पटक खरिदबिक्री हुँदा रू ९२ करोड छ लाख ८६ हजार बराबरको कारोबार भएको छ ।
आज बैंकिङ, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । नेप्सेका अनुसार बैंकिङ समूह शून्य दशमलव ५४, निर्जीवन बीमा समूह एक दशमलव ६९ र व्यापार समूह चार दशमलव ०४ अङ्कले बढेको छ । आज सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ४२ दशमलव १२ र जलविद्युत् समूहको उपसूचक २८ दशमलव ५८ अङ्कले घटेको छ ।
वित्त समूह २२ दशमलव ६०, होटल तथा पर्यटन समूह नौ दशमलव ४१, लगानी समूह शून्य दशमलव ६३, र जीवन बीमा समूह १८ दशमलव ६२ अङ्कले घटेको नेप्सेले जनाएको छ । उत्पादन तथा प्रशोधन समूह १९ दशमलव ३७, लघुवित्त समूह १३ दशमलव १४, म्युचुअल फन्ड समूह शून्य दशमलव ११ र अन्य समूह १० दशमलव ९७ अङ्कले घटेको छ ।
आज कालिञ्चोक दर्शन लिमिटेड र सिटिजन्स म्युचुअल फन्ड–२ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ४३ अङ्कले घटेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू चार करोड ९२ लाख बराबरको एक लाख २० हजार पाँच सय ५८ कित्ता शेयर कारोबार भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार