सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै आज बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । आयल निगमका अनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटेको छ । निगमले आज विज्ञप्ती जारी गरी मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको जनाएको हो । आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर एक सय ६० रुपैयाँमा बिक्री हुनेछ । निगमले सरकारको ऋण र ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करिव १४ अर्ब रुपैयाँ बाँकी रहेको जनाउँदै घाटाको अवस्था समेतमा उपभोक्तालाई सहज एवम् सरल ढङ्गबाट पेट्रोलियम पदार्थ विक्री वितरण गर्ने व्यवस्था मिलाउँदै आइरहेको छ”, विज्ञप्तीमा भनिएको छ ।