भिनुमाले जितिन् छैंटौँ ‘मिस लिम्बू’को उपाधि

सोमबार, चैत १३, २०७९

काठमाडौं । ‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् ।
‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित शनिबार काठमाडौंमा आयोजित ‘सम्मान मिस लिम्बू–२०७९’ १८ जना फाइनालिस्टमध्ये मुख्य निर्णायकले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै भिनुमा यस सस्करणको मिस लिम्बू घोषित भएकी हुन् । 

4R0A7434 copy1679906625.jpg
याक्थुङ युथ एशोसिएसन (वाईवाईए)द्वारा आयोजित ‘मिस लिम्बू–२०७९’का पाँचथरकी काजल सेलिङ लिम्बू र फस्ट रनरअप र धनकुटाकी मुना चेम्जोङ लिम्बू सेकेण्ड रनरअफ भएका छन् । विजेता तीनै जनालाई ताज र नगद पुस्कार प्रदान गरिएको छ । 
‘सम्मान मिस लिम्बू’को शीर्ष विजेता भिनुमाले नगद एक लाख रुपैयाँसहित स्कुटरसमेत प्राप्त गरेकी छन् । यस्तै, फस्ट रनरअफ काजलले नगद एक लाखसहित र विभिन्न गिफ्ट ह्याम्पर तथा सेकेण्ड रनरअफ मना चेम्जोङले नगद ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।

Miss-Limbu1679906637.jpg
कार्यक्रममा पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा, इभाना मानन्धर, बरिष्ठ कलाकार सुनिल थापा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, नेत्र चिकित्सक डा बेन सुब्बा, पुर्वमिस लिम्बू मेरिना पोमु लिम्बूलगायत निर्णायक रहेका थिए । प्रतियोगितामा विभिन्न १६ वटा सबटाइटल अवार्डसमेत प्रदान गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रथम नेपाली तारा दिपक लिम्बू, गायक कन्चन थलङलगायतले गीतसंगीत प्रस्तुत गरेका थिए । 

338151544_1652484231877614_4830054008606619083_n1679906627.jpg

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार