सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा । नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक बस्दैछ । सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दलको बैठक डाकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार निर्देशन दिएका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । गण्डकी प्रदेश सभामा ८ सिटसहित तेस्रो दल माओवादी केन्द्र २ मन्त्रीसहित सरकारमा सहभागी छ । गण्डकीमा गत पुस २५ गते खगराज अधिकारीको नेतृत्वको सरकार गठन भएको थियो । ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा २७ सिटसहित सबैभन्दा ठूलो दल कांग्रेस हो । खगराज एमालेका २२, माओवादीका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसद रहेका छन् ।