माओवादीमा विद्रोही गरी स्वतन्त्र प्रदेशसभा सदस्य भएका सुरुल पुनले रोजे फेरि माओवादी केन्द्र

बुधबार, चैत ८, २०७९
मयुर प्लाई

तुलसीपुर । माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेशसभामा निर्वाचित सुरुल पुन फेरि माओवादी केन्द्र नै प्रवेश गरेका छन् । उनले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको जानकारी दिएका हुन् । 
पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी विजयी भएका थिए् । 
यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोजी सकेका छन । उनले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका थिए । पुनले गठबन्धनका उम्मेदवार कांग्रेसका अमर पुनलाई हराएका थिए । योसँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार