भ्रष्टाचारमा दोषी ठहर कांग्रेस सांसद टेकबहादुर गुरुङलाई एक करोड २१ लाख ८४ हजार जरिवाना

बिहीबार, फागुन २५, २०७९

काठमाडौं । भ्रष्टाचारमा दोषी ठहर नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई एक करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ ८० पैसा जरिवाना गर्ने सजाय सुनाइएको छ । जरिवाना भराउने सजाय भए पनि उनलार्ई कैद सजाय भने तोकिएको छैन । उनी मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भृकुटीमन्डपस्थित फनपार्कको ठेक्कापट्टामा भएको भष्ट्रचारमा गुरुङसहित ९ जना दोषी ठहर भएका थिए । विशेष अदालतले बिहीबार सजाय निर्धारण गरेको विशेष अदालतका प्रवक्ता नारदप्रसाद भट्टराईले जानकारी दिए । ७ जनालाई कैद र जरिवाना तथा दुईजनालाई जरिवाना तोकिएको छ ।  कैद सजाय नभएका रविन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र सो बराबरको बिगो भराउने फैसला भएको छ ।  नेकपा एमालेका नेतासमेत रहेका बद्री न्यौपानेलाई साढे ९ वर्ष जेल सजाय भएको छ । अख्तियारले १४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार