राष्ट्रपति निर्वाचनको सम्मुखमा भारतीय विदेश सचिवको नेपाल यात्रा

विदेश सचिव क्वात्रा आज काठमाडौं आउँदै
सोमबार, फागुन १, २०७९

काठमाडौं । नेपालको राजनीति राष्ट्रपति निर्वाचनका विषयमा ध्रवीकृत भइरहेका बेला दक्षिण छिमेकी राष्ट्र भारतले आफ्नो दूत पठाएर राष्ट्रपति निर्वाचनको माहोल बुझ्ने प्रयास गरेको छ । बाहिर सार्वजनिक त गरिएकाे छैन तर, भारतीय विदेश सचिव विनयमोहन क्वात्रा प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत भएर नेपाल आउन लागेका हुन् । भारतले नेपालको राजनीतिमा धेरै अघिदेखि नै प्रत्यक्ष चासो राख्दै आएको छ । अझ नेपालको संविधान २०७२ जारी गर्ने बेला उसले देखाएको कुटनीतिक सक्रियता हेर्न लायक नै थियो । आफूले भने अनुसारको संविधान जारी नगरेको भन्दै तराई केन्द्रित दलहरूलाई साथ लिएर उसले नाकाबन्दी नै गरेको थियो । आफूले भनेको नमानेको भन्दै भारतले नेपालको संविधान २०७२ को उसले औपचारिक स्वागत पनि गरेको छैन ।  
तीन दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सोमबार र मंगलबार उनले प्रधानमन्त्री देखी राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटने कार्यक्रम छ ।
सोमबार बिहान १०ः३० मा काठमाडौं उत्रने भारतीय बिदेश सचिव क्ववात्रा नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन्  । विदेशसचिव स्तरीय दुई पक्षिय छलफलपछि पराराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित दिवाभोज कार्यक्रममा सहभागी हुनेछन् । पराराष्ट्र सचिवले दिएको दिवाभोजपछि भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री बिमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन् ।
प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्नधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् । विदेश सचिव क्वात्राले मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नेछन् । मंगलवार नै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ०७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार