अमेरिकाले अर्को एक अपरिचित वस्तुलाई क्यानडामाथिबाट खसाल्यो

आइतबार, माघ २९, २०७९

न्युयोर्क ।  उत्तर अमेरिकी आकाशबाट अर्को एक अपरिचित वस्तुलाई खसालिएको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले पुष्टि गरेका छन् ।
उनले पछिल्लो वस्तुले ‘क्यानडाको हवाई क्षेत्रको उल्लङ्घन गरेको’ बताउँदै त्यसलाई उत्तर पश्चिम क्यानडाको युकनमा खसालिएको बताएका छन् ।
उक्त वस्तुको अवस्थिति थाहा पाउन क्यानडा र अमेरिकाका विमानहरू परिचालन गरिएका थिए । त्यसलाई अमेरिकी लडाकु जेट एफ–२२ ले खसालेको थियो । पछिल्लो साता उत्तर अमेरिकामाथिबाट खसालिएको यो तेस्रो वस्तु हो ।
अमेरिकी सेनाले पछिल्लो साताको अन्त्यमा एक चिनियाँ बलुन ध्वस्त पारेको थियो । गत शुक्रवार एउटा सानो कारको आकारको अपरिचित वस्तु अलास्कामाथिबाट खसालिएको थियो ।

शनिबार प्रधानमन्त्री ट्रूडोले आफूले उक्त वस्तु खसाल्ने आदेश दिएको र अमेरिकी राष्ट्रपति जो बाइडनसँग कुरा गरेको पुष्टि गरेका छन् ।

‘क्यानडाका फौजले अब उक्त वस्तुका भग्नावशेष सङ्कलन र समीक्षा गर्नेछन’, उनले ट्विटरमा लेखेका छन् । पछिल्लो अपरिचित वस्तु मध्य युकनमाथि झण्डै ४०,००० फिट ९१२,००० मिटर० को उचाइमा उडिरहेको थियो ।
जसबारे शनिवार स्थानीय समय अनुसार झण्डै ३ बजेर ४१ मिनेटमा थाहा भएको क्यानडाकी रक्षामन्त्री अनिता आनन्दले संवाददाताहरूलाई बताइन् ।
उनले त्यसलाई ‘सानो’ र ‘बेलनाकार’ बताउँदै त्यसबारे थप विवरण थाहा पाउने प्रयासहरू भइरहेको बताइन् ।
क्यानडाकी रक्षामन्त्री आनन्दले त्यसलाई अमेरिकी सीमाबाट ‘झण्डै १०० माइल’ पर लगिएको र त्यसले ‘नागरिक उड्डयनमा उचित खतरा’ देखाएको बताइन् ।  उनले उक्त वस्तु गत शनिवार साउथ क्यारोलाइनाको तटबाहिर खसालिएको भन्दा ‘सानो देखिएको’ बताइन् ।
अर्थात् त्यसबेला खसालिएको सन्दिग्ध चिनियाँ जासुसी बलुन ६० मिटर अग्लो थियो । ह्वाइटहाउसले उक्त वस्तुलाई ूपछिल्लो २४ घण्टामाू पछ्याउँदै निगरानी गरिएको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार