सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआर निलम्बन माग गर्दै राजधानी दिल्लीका जन्तरमन्तर र कनट प्लेसमा ककरोच जनता पार्टीका समर्थकहरूले विरोध प्रदर्शन गरिरहेका छन् । भारतीय अनलाइन दैनिक भास्करका अनुसार यस क्रममा प्रहरीले युट्युबर ध्रुव राठीसहित ककरोचका ६०० समर्थकलाई पक्राउ गरेको छ। ती क्षेत्रका धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएका छन् । आन्दोलन स्थलमा बीएसएफका कर्मचारीसहित ३ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ छन् । नयाँ दिल्ली र हजरत निजामुद्दिन स्टेशनहरूमा आइपुग्ने २५० मेल र एक्सप्रेस रेल आज रद्द गरिएका छन् । ४५ मेट्रो स्टेशन बन्द गरिएका छन् भने १० वटा हिरासत केन्द्र स्थापना गरिएका छन् । यसैबीच शुक्रबार राति १० बजेदेखि आज राति १० बजेसम्मका लागि इन्डिया गेट वरपर ४ किलोमिटर क्षेत्रभित्र इन्टरनेट बन्द गरिएको छ ।