राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयले गठन गर्‍यो विज्ञ टोली

शनिबार, पुस १६, २०७९

काठमाडौं । राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयले विज्ञ टोली गठन गरेको छ । गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको हो । राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकतालगायतका अत्यावश्यक कागजपत्र लिने क्रममा वर्षौंदेखि सर्वसाधारणले सास्ती खेप्दै आएको गुनासोपछि गृह मन्त्रालयले अग्रसरता देखाएको हो । राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण प्रक्रियालाई सहज र सुलभ बनाउनसूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । लामा लाइन देखिएका विभिन्न निकायमा विज्ञहरूको टोली खटिइसकेको पनि प्रवक्ता पोखरेलले बताए । टोलीले बुझाउने अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधान गरिने मन्त्रालयले जनाएको छ । सूचना प्रविधिमा ज्ञान भएका व्यक्तिको टोलीबाट सुझाव लिने काम भइरहेको छ। गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राहदानी, राष्ट्रिय परिचयपत्रलगायतलाई सहज बनाउने र लाइन बस्नुपर्ने बाध्यता हटाउने प्रतिबद्धता जनाएका थिए ।
विद्युतीय राहदानी बनाउन धेरैजसो प्रक्रिया अनलाइनबाटै गर्नुपर्छ, तर अनलाइनबाट आवेदन दिएर तोकिएको मितिमा कार्यालयमा उपस्थित हुँदा पनि नागरिकलाई रातिको १२ बजेदेखि लाइन लाग्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार