२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १८१ जनालाई कारबाही

आइतबार, असोज ११, २०८३

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १८१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४२, सिसिटिभिमार्फत ४९, रातोबत्तीमा १५ जना चालकलाई कारबाही गरिएको छ ।  यसैगरी, अवस्था ठिक नभएको १ र अन्यमा २३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  ०७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार