४ घण्टामा ट्राफिक प्रहरीले गर्‍याे ६३४ जनालाई कारबाही

बुधबार, असोज १४, २०८३

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६०, सिसिटिभिमार्फत ५३, रातोबत्तीमा २८ जना चालकलाई कारबाही गरिएको छ ।  यसैगरी, तीव्रगतिमा ९३, हर्न निषेधमा ०५, लेन क्रसमा ०५, अवस्था ठिक नभएको १२, एकतर्फीमा ५ र अन्यमा ३७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  १२:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार