महापुरुष : हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक चलचित्र

सोमबार, असोज ३१, २०७९

गण्डकी । महजोडी अभिनित चलचित्र ‘महापुरुष’ हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र बनेको छ ।  चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरूले प्रेम, घृणा, संवेदना, रोमान्स, विद्रोह आदि समावेश भएको पारिवारिक कथा महापुरुषमा चित्रण भएको सामूहिक अभिव्यक्ति दिए ।
अभिनेता एवं वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले महापुरुषमा समूहकार्य राम्रो भएको बताउँदै चलचित्र उत्कृष्ट बनेको दाबी गरे । कथावस्तुसँगै प्रत्येक कलाकारको जीवन्त अभिनय भएको उल्लेख गर्दै उनले चलचित्रलाई आम सर्वसाधारणले मनपराउने विश्वास व्यक्त गरे ।
अभिनेत्री गौरी मल्लले सामाजिक विषयवस्तुलाई चलचित्रले प्रस्तुत गरेको बताउनुभयो ।वरिष्ठ कलाकार राजाराम पौडेलले अघिल्लो पुस्तादेखि पछिल्लो पुस्ताका कलाकारको जीवन्त अभिनयले चलचित्रलाई उत्कृष्ट बनाएको बताइन् । 
चलचित्रका नायक अरुण क्षेत्री र नायिका अञ्जना बराइलीले अत्यन्त मेहनतका साथ चलचित्र तयार भएको भन्दै यसलाई आम दर्शकको साथ मिल्ने विश्वास व्यक्त गरिन् ।
चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाले लगभग रु तीन करोडको लागतमा चलचित्र तयार बनेको बताउँदै काठमाडौँको मध्यमवर्गीय परिवारको कथालाई चलचित्रमा समेटिएको जानकारी दिए । आगामी कात्तिक ११ गतेदेखि चलचित्र प्रदर्शनमा आउने उनले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार