सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग खुलाउने काम तीव्र पारिएको छ । त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध बनेको राजमार्ग खुलाउन स्थानीय तहसँगको समन्वयमा ब्याक कटिङको काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । आज साँझसम्म यातायात पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको हो । यसैबीच, पहिरोका कारण गएरातिदेखि अवरुद्ध बनेका बीपी राजमार्ग र कान्ति राजमार्गको अवरोध हटाइएको छ । अवरोध हटेसँगै दुवै राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ ।