चेपाङ समुदायका विपन्न परिवारलाई देशैँ खर्च सहयोग

दसैँका लागि विपन्न परिवारलाई खाद्यान्न
आइतबार, असोज १६, २०७९

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका-९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाद्वारा बडादशैँ मनाउनका लागि राहत वितरण गरेको छ । 

देशैँ मनाउनका लागि सहजताको लागी पालिकाले  पालिकाभित्र रहेकोे तीन घरपरिवारलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।  

पालिकाले प्रति सदस्य जनही एक/एक हजारका दरले आर्थिक सहयोग गरेको छ । आठ जना सदस्य रहेको जुनामाया चेपाङलाईय आठ  हजार, चार जना परिवार सदस्य रहेको फुलमाया चेपाङलाई चार हजार र तीन जना परिवार सदस्य रहेको कान्छिमायाँ चेपाङलाई भने एक हजार थपसहित चार हजार रुपैयाँ आर्थिक सहयोग सहयोग गरेको गाउपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।

 रकम हस्तान्तरण गर्दे गाउँपालिका अध्यक्ष युवराज अधिकारीले सीमान्तकृत चेपाङ समुदाय आर्थिक अवस्था कमजोर भएकाले दशैँ मनाउन समस्या भएको र केही सहज होस् भन्ने उद्धेश्यले आर्थिक सहयोग गरेको बताए । 

दशैँ शुरु भएको चार दिन हुँदा समेत दशैँ कसरी मनाउने अन्योलमा परेका आफूहरुले राहत पाएपछि रमाइलोसाथ मनाउन सकिने जुनुमायाँ चेपाङले बताइन ।  आम्दानीको श्रोत बलियो नभएको कारण चाडपर्व मनाउन मुस्किल हुँदै आएको बेलामा पालिकाले सहयोग गर्दा स्थानीय सरकार रहेको अनुभूति भएको कान्छिमाया चेपाङको भनाई छ ।

 वर्षौँदेखि चुहिने घरमा दिन रात कटाउँदै आएका उनीहरुलाई केही वर्षअघि गण्डकी प्रदेश सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाएको थियो । उनीहरुलाई उक्त घरले बस्नलाई सहज हुँदै आए पनि आर्थिक अभावका कारण खान भने समस्या भइरहेको छ । उनीहरु छिमेकीका खेतबारीमा काम गर्दै मुस्किनले जीवन निर्वाह गर्दै आइरहेका छन् । 

दसैँका लागि विपन्न परिवारलाई खाद्यान्न

जाजरकोटको नलगाड नगरपालिकाकाले अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । अर्थावस्था अत्यन्तै कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई नजिकिँदै गरेको चाड दसैँलाई मध्यनजर गर्दै खाद्यान्न वितरण गरिएको हो ।
नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई किलो दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । अर्थाभावका कारण घरमा चुल्हो बल्न धौधौ परेका ती विपन्न परिवारलाई थोरै भए पनि चाडवाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत गिरीले बताए ।
दल्लीस्थित बादी समुदाय माछा मारेर दैनिक घर खर्च चलाउँदै आएको छ । अधिकांशको आफ्नै जग्गा नभएका कारण अस्थायीरूपमा बस्दै आएका छन् । पालिकाले विभिन्न सीपमूलक तालिम दिएर पनि रोजगारी सिर्जना गर्न बादी समुदायलाई सहायता गर्दै आएको छ । 
दैनिक ज्याला मजदुरी गरेर छाक टार्टे बादी समुदायलाई पालिकाले समय–समयमा आर्थिक सहयोग गर्दै आएको छ ।  

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०५:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार