उपराष्ट्रपतिबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना

शनिबार, असोज १५, २०७९

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा पुगेर उनले त्यहाँ उपचाररत् शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।  उपराष्ट्रपतिले जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारीसमेत लिनुभएको र उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराएको उपराष्ट्रपतिको सचिवालयले बताएको छ । 
जोशीको स्वास्थ्यमा आएको उल्लेख्य सुधारमा उपराष्ट्रपतिले खुसी व्यक्त गर्नुभयो । “यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु”, जोशीलाई राष्ट्रपिताका रुपमा सम्बोधन गर्दै उपराष्ट्रपतिले भने, “यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।” शताब्दी पुरुष जोशी डेङ्गु सङ्क्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन् । 
 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार