घरैपिच्छे धारा र शौचालय

शनिबार, असोज १५, २०७९

चौतारा  । मनकुमारी दनुवारले आफ्नो जीवनको ५० वसन्त भालेको डाकोसँगै पानी लिन खोलामा पुगेर बिताइन्  । तर हिजोआज भने उनलाई पानीको कुनै चिन्ता छैन । जतिबेला चाहिन्छ, उति बेला घरको आँगनमा भएको धारामा गएर पानी थापछीन्  उनी ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको दनुवार बस्तीको जीवनशैली अचेल यही कारणाले फेरिएको छ । त्यहाँको प्रत्येक घरमा खानेपानी, शौचालय र धुँवा रहित चुल्हो बनाउने लहर चलेको छ । मेलम्ची नगरपालिकाको कारण यो सम्भव भएको हो । एक सय २० घरधुरीमा खानेपानीको धारासँगै शौचालय पनि बनाइएपछि गाउँमा सरसफाइ पनि भएको छ । कालू दनुवार भन्छन्  , “हाम्रो त सपना पूरा भएको छ”, उनले खुसी पोखे , “म यहीँ गाउँमा हुर्किया हुँ, यस्तो होला भनेर त सोचेको पनि थिइन् । सपना जस्तै भयो ।” खानेपानीवाट सुरु भएको अभियान, बाटो–घाटो सरसफाइ गर्न होस् या पहिरो रोकथाममा पनि विस्तार भएको छ । “अब शिक्षा, स्वास्थ्य, चेतना जागरण हुँदै सिङ्गो बस्ती परिवर्तनको लागि सामूहिक प्रयास सुरु गरिनेछ”, मेलम्ची नगर उपप्रमुख उमा प्रधानले बताइन्  ।  
 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार