सुगम पोखरेलको 'तिमी फर्केर आयौ' सार्वजनिक

बिहीबार, भदौ ३०, २०७९

काठमाडाैं । गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत 'तिमी फर्केर आयौ' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाइँको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेकाे छ ।  

म्युजिक भिडियोमा आकाश श्रेष्ठ , बिकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ।  प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायांकन, अनिता ग्वाचाको मेकअप र विकास धमलाको सम्पादन समाबेश छ।  

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार