सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’को तयारी

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं । ढाका इभेन्टले फरक शैलीको सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’ आयोजना गर्ने भएको छ । आयोजकका अनुसार प्रतियोगिताका लागि चाँडै नै काठमाडौंमा अडिसन हुँदैछ ।

ढाका इभेन्टकी सञ्चालक सुजु पाण्डेले सांस्कृतिक मूल्य, मान्यता, मौलिक परिचयको महत्वलाई सम्बोधन र प्रवद्र्धन गर्ने उद्देश्यले ‘ढाका फेस’ को अवधारणा ल्याइएको बताइन् ।

कम्पनीले यसअघि नेपालमै पहिलोपटक ‘ढाका ब्राइडल रनवे’ को आयोजना गरेको थियो । यो शोमा परमिता राणा, अश्मी श्रेष्ठ, करुणा श्रेष्ठ, सविता कार्की, सिर्जना रेग्मीलगायतका मोडलले र्‍याम्प नापेका थिए । कम्पनीले ‘मिलाने रनवे’ र ‘ढाका रनवे’ जस्ता शोको आयोजना पनि गरिसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार