सुनिताको ‘यो रमाइलो तिजैमा...’ करिश्मा र अञ्जलीको ठुम्का

मंगलबार, साउन १०, २०७९

काठमाडौं, । सुनिता दुलालको ‘यो रमाइलो तिजैमा...’ बोलको गीत सार्वजनिक भएको छ । दुलालले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन् । उन्नती बोहोरा ‘शिला’ को शब्दमा शम्भुजित बाँस्कोटाले संगीत भरेको गीतमा मनोहर सुनमले संगीत संयोजन गरेका छन् । श्यामश्वेत रसाइलीले गीतको मिक्सिङ गरेका हुन् ।गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री करिश्मा मानन्धर, मोडल अञ्जली अधिकारी, लक्ष्मी जोशी, राधा लम्साल ‘भबुु’, गजित विष्ट, भोजराज शर्मा लगायतको अभिनय छ ।

भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । ‘तीज क्वीन’ को रुपमा परिचित गायिका दुलालले तीजको छेको पारेर हरेक बर्ष एकल आवाजमा गीत सार्वजनिक गर्दै आएकी छिन् । अघिल्लो वर्षको तीजमा उनले ‘स्वामीकी प्यारी...’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । त्यसअघि कोभिड महामारीको बीचमा पनि उनले ‘जुममा हेरेर...’ तीज गीत बजारमा ल्याएकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार