महङ्गीको प्रभाव तीजको गीत सार्वजनिक 

मंगलबार, साउन ३, २०७९

 ललितपुर । जेनिशा गौतमको स्वरमा ‘महङ्गी ले मार्‍यो बरि लै ’ नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । हालै युटुबमार्फत सार्वजनिक भएको गीतमा अशोक गुरुङको शब्द र सुवास भुसालको सङ्गीत रहेको छ । नेपाली महिलाहरुको पर्व तिजलाई लक्षित गरी सार्वजनिक गरिएको गीतमार्फत महङ्गीको चोटलाई चोटिलो प्रहार गरिएको छ । अष्ट्रेलिया बस्दै आएकी जेनिशा ललितपुरकी नारी  हुन् ।  उनले ‘महङ्गी ले मार्‍यो बरि लै  गीतलाई गायिका तथा मोडल गौतमले नै निर्माण गरेकी हुन् । उनी अष्ट्रेलियामा नै रहेर बेलाबेलामा नेपाली गीत बनाउँदै आएकी छन् । यसअघि उनले छोरीलाई सम्बोधन गरेर बनाएको गीत अक्षता रानी निकै चर्चित  भएको थियो  । पवन सुसिलिङ्गको छायाँकन तथा सम्पादन तथा दिपक आचार्यको निर्देशन भिडियोमा रहेको छ । यो गीतको भिडियोमा सामरिका, स्मारिका, विनु अधिकारी र रश्मी पाण्डेको अभिनय रहेको छ । साथमा बाल कलाकारहरु काव्या बास्कोटा र कृलाभा बास्कोटाको समेत अभिनय रहेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार