राजनीतिकसँगै सांगीतिक यात्रामा जमुना पोखरेल

शुक्रबार, असार ३१, २०७९

महोत्तरी । 

 ‘आउँछु भनी ढाँट्यौ मलाई 
किन छाडी गयौ मलाई’

प्रेम वियोगले तड्पिएका प्रेमीहरूलाई यो गीत सुनिसकेपछि केही क्षण भए पनि राहत महसुस गर्छन् । जमुना पोखरेलको शब्द, हरिशरण सायमीको संगीत र जमुना पोखरेलकै लयमा गाइएको यस गीतले प्रेममा विछोडिएकाले आफ्नै भावना पोखिएको महसुस गर्छन् । 

गायिका पोखरेलले नवयुवाको मनोभावनालाई बुझेर यो गीत पस्किएको बताइन् ।  नेकपा एमालेनिकट अखिल नेपाल महिला संघकी  केन्द्रीय सदस्य पोखरेलले सांगीतिक यात्रामा पनि छिन् । उनका तीनवटा गीत सार्वजनिक भएका छन् । हरितालिका तीजको रमझम नजिकिँदै गर्दा सन्देशसहितको गीत पनि पोखरेलले सार्वजनिक गरेकी छन् । समय र समाजसापेक्ष आफू पनि परिमार्जित हुनुपर्छ भन्ने मान्यता राख्ने पोखरेलले यसभन्दा अगाडि नै एउटा आधुनिक गीत लिएर आइन् । 

किशोरहरूलाई लक्षित गरेर यसअघि निकालिएको आधुनिक गीतले खासै मन छुन नसके पनि ‘आउँछु भनी ढाँट्यौ मलाई  किन छाडी गयौ मलाई’ भन्ने आधुनिक गीतले भने यतिबेला निकै चर्चा बटुलेको छ । चार दिनको फरकमा सार्वजनिक तीज गीत र आधुनिक गीत आपसी प्रतिस्पर्धामा छन् । सधैँभरी जिवन्त बनिरहने सदाबहार गीत पस्किएकी पोखरेलको सांगीतिक यात्रा फराकिलो बन्दै गएको छ ।  

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार