अभिनेता विक्रम अस्पताल भर्ना

शनिबार, असार २५, २०७९

मुम्बई ।  हृदयघातको आशंकापछि साउथ अभिनेता चियान विक्रम अस्पताल भर्ना भएका छन् । उनको छातीमा समस्या देखिएपछि चेन्नईको कावेरी अस्पतालमा भर्ना गरिएको हो ।उनको स्वास्थ्यका बारेमा अनेक अड्कलबाजी गरिएको छ । यद्यपि उनलाई के भएको हो भन्ने बारेमा डाक्टर, अस्पताल या विक्रमको टिमको तर्फबाट आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन ।केहीले उनलाई केहीदिन देखि ज्वरो र छातीमा दुखाई भइरहेको दाबी गरेका छन् । उनी निकटका अनुसार विक्रमको स्वास्थ्य अवस्था स्थिर छ र उनलाई निगरानीमा राखिएको छ । 

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार