‘७७७ चार्ली’को मुनाफा सामाजिक काममा

बुधबार, असार २२, २०७९

मुम्बई ।  फिल्म ‘७७७ चार्ली’का अभिनेता रक्षित शेट्टीले फिल्मबाट प्राप्त पाँच प्रतिशत मुनाफा सामाजिक काममा खर्च गरिने घोषणा गरेका छन् । उनले सामाजिक काममा सक्रिय देशभरका गैरसरकारी संस्थालाई उक्त रकम दिइने घोषणा गरेका हुन् । रक्षितले यो सहयोग चार्लीको नाममा गरिने खुलाएका छन् ।

उनले फिल्मको कमाईको १० प्रतिशत रकम फिल्मलाई क्लाइमेक्ससम्म पु¥याउन सहयोग गर्ने व्यक्तिमाझ वितरण गरिने  बताए । ‘७७७ चार्ली तपाईंसम्म पुगेको २५ दिन भयो । यसलाई दर्शकले मनपराइरहेका छन् । हाम्रो खुशीको सीमा नै छैन । किनकी यो फिल्मले जुन किसिमको प्रशंसा र पहिचान पायो, त्यो सम्झनायोग्य छ’, उनले भनेका छन् ।

चार्लीको नाममा भारतभर गैर सरकारी संस्थाहरु खुलेका छन्, जसले कुकुर र जनावरको कल्याणका लागि काम गरिरहेका छन् ।–एजेन्सी

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ०८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार