प्राकृतिक जलाशयको संरक्षणमा समस्या 

आइतबार, चैत २२, २०७७

वागमती । स्रोतसाधन र बजेटको अभावमा प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन केन्द्रको कार्यालय हेटाँैडाले आफ्नो उद्देश्यअनुसार काम गर्न सकेको छैन । देशभरिका प्राकृतिक जलाशयअन्र्तगत रहेका मत्स्य तथा जलीयजीव र वनस्पतीको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेको सो कार्यालयले बजेट, सवारीसाधन र जनशक्तिको अभाव झेलिरहेको छ ।  १० करोड रुपैयाँ बजेटको आवश्यक्ता रहेकामा करीब तीन करोड  रुपैयाँ वार्षिक बजेट मात्र दिइएको र प्राविधिकसहित १६ कर्मचारीको दरबन्दी रहेकामा अहिले सात कर्मचारीबाट कार्यालय सञ्चालन भइरहेको छ । विसं २०२४ वा ५३ वर्ष अगाडि स्थापना भएको र सोही समयमा निर्माण भएको कार्यालय भवन र त्यसअन्तर्गत रहेको माछापालन तथा भुरा उत्पादनका जलाशय पोखरी र कृषि फार्म अहिले जीर्ण भइसकेकाले मर्मतसम्भारका लागि बजेटको अभाव रहेको कार्यालय प्रमुख सरोजकुमार यादवले जानकारी दिए ।  विसं २०२४ मा मत्स्यको उत्पादन र व्यावसायिक कारोवार गर्ने उद्देश्यले स्थापना भएको सो कार्यालयको पहिलो नाम व्यावसायिक मत्स्य केन्द्र हेटौँडा रहेको थियो । देशको बदलिँदो परिस्थिति र निजी क्ष्ोत्रका किसानले माछा उत्पादन र बिक्री गर्न थालेपछि आव २०७४÷७५ बाट सो कार्यालयको नाम र काममा परिर्वतन गरी प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्रको कार्यालय नामकरण गरिएको प्रमुख यादवले बताए । तर त्यस अनुसारको सुविधा छैन । यसअघि सो कार्यालयले  माछा उत्पादन गरी हेटाँैडा र काठमाडौँको बजारमा बिक्री गर्ने र गुणस्तरीय माछा उत्पादन गर्ने गरेको थियो । साथै हासको पालन बिक्री गर्ने गरेको थियो । तर निजी क्षेत्र माछाको व्यावसायिक कारोवारमा लागेपछि यसको काममा परिर्वतन गरी अधिराज्यभरिका प्राकृतिक जलाशयको जीवजन्तुको संरक्षण गर्ने  जिम्मेवारी र काम दिइएको छ । अहिलेको अवस्थामा उक्त कार्यालयले प्राकृतिक जलाशयको मत्स्यको तथ्याङ्क सङ्कलन गर्ने, त्यस कार्यमा संलग्न समुदायको क्षमता अभिवृद्धि गर्ने, माछाको गुणस्तरियतामा जोड दिने, माछाको बीज उत्पादन गर्ने, माछा रोगको पहिचान गर्ने तथा दोहोरो मार्ग व्यवस्थापन गरी माछा फार्मको उत्पादन लगायतका काम गर्ने गर्दछ ।  त्यस्तै नदी र अन्य प्राकृतिक जलाशयमा करेन्ट लगाएर माछा मार्ने र बम विस्फोट गराएर माछा मार्नेलगायतका कामलाई रोक्न चेतनाजागृत गराउने रत्यसमा सम्बन्धित निकायबीच समन्वय गर्ने लगायतका अन्य संरक्षणका काम गर्ने उद्देश्य रहेको भए पनि स्रोतसाधनको अभावले काम गर्न कठिनाइ भएको यादवको गुनासो छ ।
उक्त कार्यालयको हाताभित्र ४७ हेक्टर क्षेत्रफलमा भवनसहित जमीन रहेको जसमा १७ .६९ हेक्टर जमीनमा १० वटा पोखरी र तीन वटा रिजरभेयर रहेको छ । तर उक्त पोखरीमा गुणस्तरिय माछा उत्पादन र बिक्रीका लागि पोखरीमा पानीको अभाव रहेको छ । त्यसको लागि बोरिगङको व्यवस्था छैन । खोलाबाट आउने पानी न्यूनहँुदै गएको छ । साथै खोलाको पानी प्रदूषितसमेत भएको बताइएको छ ।  समय समयमा पोखरी सफाइ नहुँदा गहिराइ कम भएको छ ।  चालू आर्थिक वर्षमा हयाचलिगङ, फिगङरलिगङ्र एडभान्सफिगङरलिगङ क्रमश ः तीन करोड, पाँच लाख उत्पादन र बिकीवितरण कार्यक्रम रहेकोमा हाल चैत सम्ममा क्रमश ः ८१ लाख दुई लाख र एक लाख मात्र उत्पादन भएको तथा हाल माछा पोखरीमा माछाको भुरा शून्य रहेको सो कार्यालयबाट प्राप्त विवरणमा उल्लेख गरिएको छ । तीन महिना अगाडि सरुवा भएर आएका प्रमुख यादवले विगत लामो समयदेखि ध्यान नदिएका कारणले समस्या बढ्दै गएको बताउँछन् । आफूले सबै समस्या लेखेर सम्बन्धित निकायमा पठाएको बताउँछन् यादव ।–रासस
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार