भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

शनिबार, साउन ९, २०८३

काठमाडौं । भारतमा कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाइमा जारी आन्दोलनबीच शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सीजेपीले गत एक महिनादेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएको छ । धर्मेन्द्र प्रधानले सामाजिक सञ्जालमार्फत् आफ्नो राजीनामाबारे जानकारी दिएका हुन् । ‘जन्तरमन्त्ररमा र देशमा जुन परिस्थिति सिर्जना भएको छ त्यसको फाइदा देश विरोधी शक्तिहरूले नउठाउन् । देशको एकता कायम रहोस्, भारतका एउटा पनि विद्यार्थीको भविष्य कानुनी उल्झनमा नपरोस्,’ सामाजिक सञ्जाल एक्समा प्रधानले लेखेका छन् । ‘हाम्रा बच्चाहरूले आफ्नो समय अध्ययनमा लगाउन् करिअरमा ध्यान दिउन् । यिनै कुरामा विचार गर्दै मैले आफ्नो राजीनामा पत्र सम्माननीय प्रधानमन्त्रीलाई पठाएको छु’, उनले भनेका छन् । 
 

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  १५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार