लघुवित्त पीडित आमरण अनशनमा

पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह
बुधबार, साउन १३, २०८३

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन २ औँ दिनमा पुगेको छ । काठमाडौंकाे माइतीघरमा जारी आन्दोलनमार्फत समितिले सामाजिक न्यायको माग गर्दै सरकारसमक्ष पाँचबुँदे माग अघि सारेको छ । आन्दोलनकारीले सर्वोच्च अदालतबाट जारी परमादेशअनुसार लघुवित्त पीडितसँग सम्बन्धित तीनबुँदे प्रतिवेदन असहमतिसहित तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । उनीहरूले विशेष वित्तीय तथा बैंकिङ सुधारमार्फत न्यायपूर्ण वित्तीय प्रणाली लागू गर्नुपर्ने, गरिब, मजदुर, किसान तथा न्यून आय भएका नागरिकलाई ब्याजरहित ऋण उपलब्ध गराउनुपर्ने माग पनि राखेका छन् । त्यसैगरी आवश्यकता र क्षमताका आधारमा रोजगारी तथा पारिश्रमिकको व्यवस्था गर्न र निजी बैंक तथा वित्तीय संस्थाको अन्यायपूर्ण तथा शोषणमूलक आर्थिक प्रणालीको अन्त्य गर्नुपर्ने मागसमेत आन्दोलनकारीको छ । संघर्ष समितिले आफ्ना मागको सुनुवाइ नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  २१:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार