धनुषामा मन्दिर भित्र एक पुरुषको शव फेला

शुक्रबार, साउन १५, २०८३

जनकपुर । धनुषाको सबैला नगरपालिका १२ स्थित एक मन्दिरमा पुरुषको शव फेला परेको छ । धनुषा प्रहरीका अनुसार पहिचान नखुलेको करिब ४० वर्ष उमेरको एक पुरुषको शव फेला परेको हो । शवको दृष्टि हेर्दा धारिलो हतियार प्रयोग गरी घाँटीसहित शरीरका विभिन्न भागका काटिएको देखिएको छ ।  मन्दिर परिसर भरी रगतका छिटाहरू फैलिएको छ । स्थानीयवासीको अनुसार उक्त पुरुष सोही मन्दिरमा बस्दै आएका थिए । उनी मूल पुजारी नभई सहायक पुजारीको भूमिकामा थिए । धनुषा प्रहरीको टोली अहिले घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाएको छ । सुनसरी घटनाले धनुषामा पनि स्थिति अशान्त बनेकोले धनुषा प्रशासनले विभिन्न स्थानमा कफ्र्यु आदेश जारी गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  ११:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार