रास्वपाको वरिष्ठ नेतामा वालेन्द्र शाह मनोनीत

बुधबार, साउन १३, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेतामा मनोनीत भएका छन् ।  बुधबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको हो । बैठकमा सभापति रवि लामिछानेले शाहलाई वरिष्ठ नेतामा मनोनित गर्ने प्रस्ताव राखेका थिए । त्यसलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मतिबाट पारित गरेको हो । यसअघि पनि शाह रास्वपाको वरिष्ठ नेता थिए । 
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १९:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार