सुटिङमै सक्रिय हुनेछिन् आलिया

मंगलबार, असार १४, २०७९

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टले सोमबार आफू गर्भवती भएको खबर सार्वजनिक गरेसँगै उनलाई बधाई दिनेको ओइरो नै लागेको छ । उनले आफ्नो इन्स्टाग्राममा सोमबार पति रणवीर कपूरसँग अस्पतालको बेडबाट आफू गर्भवती भएको प्रमाणसहितको तस्वीर राखेकी थिइन् । ‘हाम्रो बच्चा, चाँडै आउँदैछ’, उनले क्याप्सनमा लेखेकी छन् । आलिया गर्भवती भएको खबर भाइरल भएपछि अब उनले आफ्नो प्रोजेक्टको काम के गर्छिन् भन्ने चासो उनका फ्यानसँगै फिल्मकर्मीमा पनि छ । आलिया यतिबेला लण्डनमा करियरको पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को सुटिङ गरिरहेकी छन् । उनी गर्भवती भएपछि आलियाले यो फिल्मको सुटिङ जारी राख्छिन् या राख्दिनन् रु भन्ने चासो सर्वत्र छ । तर आलियाको निकट स्रोतका अनुसार अहिले गर्भावस्थाको सुरुवाती चरण भएकाले आलियाले नेटफ्लिक्स फिल्मका लागि आफूले गरेको प्रतिबद्धता अनुसार उनले सुटिङ जारी राख्नेछिन् ।–एजेन्सी

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार