आलिया भट्ट गर्भवती

सोमबार, असार १३, २०७९

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन् ।सामाजिक सञ्जालमा राखिएको तस्बिरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ, जहाँ रणवीर पनि छन् । तस्बिरमा उनीहरूको अगाडिको स्क्रिनमा ‘प्रेम’को चिन्ह देखाइएको छ । आलियाले ‘हाम्रो बच्चा...चाँडै आउँदैछ’ भनेर लेखेकी छन् ।

आलिया र रणवीरको भेट सन् २०१७ मा फिल्म ‘ब्र ह्मास्त्र’को सेटमा भएको थियो । त्यसपछि उनीहरुले डेटिङ सुरु गरेका थिए ।रणवीर र आलियाले यसै वर्षको १४ अप्रिलमा विवाह गरेका थिए । विवाहको दुई महिनामै आलियाले आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी हुन् ।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार