Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

सिटिइभिटी अन्तर्गतको सम्पन्न

सिटिइभिटी अन्तर्गतको बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीले तीन सय ९० घण्टाको आर्क वेल्डिङ तालिम सम्पन्न
शुक्रबार, जेठ २०, २०७९

काठमाडौं । सिटिइभिटी अन्तर्गतको बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी बालाजुले सन्चालन गरेको छोटो अवधी (३९० घण्टा) को आर्क वेल्डिङ तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।तालिमका गरेका सहभागीहरुलाई ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका अध्यक्ष मोहन कटुवालले शुक्रबार एक कार्यक्रमवीच प्रमाणपत्र वितरण गरे । सो अवसरमा उनले महासघले उनीहरुलाई रोजगारी दिने बताए । उक्त अवसरमा नेपालमा सन्चालित झण्डै ११ हजार ग्रील उध्योगका लागि दक्ष जनशक्तिको अभाबमा उद्योग सन्चालन गर्न समस्या परिरहेको बताइयो । यो बेला यस तालिम केन्द्रबाट उत्पादित जनशक्तिले थोरै भए पनि राहत मिलिरहेको कटवालले बताए । देशभरि सन्चालित ग्रील उध्योगमा नेपाली भारती बाङ्लादेशी गरी एक लाख ७० हजार जति जनशक्ति कार्यरत छन भने अझै २० हजार जना जनशक्ति तत्काल आवस्यक रहेको उनले बताए ।

उनले बजारको माग अनुसारको तालिम लिएका जनशक्तिहरुले स्वदेशमा रोजगारि पाउने र बिदेश जादा पनि राम्रो सेवा सुबिधा पाउने यस्तो किसिमको तालिमको महत्व रहेको बताए । उक्त कार्यक्रममा स्कुलका प्रमुख गुणानन्द झाले तालिम लिएका जनशक्तिले स्वदेशमा रोजगारी पाउन भन्ने उदेश्यले निजी क्षेत्रसग सहकार्य गरेर तालिम सन्चालन गर्दै जाने बताए ।  प्रशिक्षार्थीहरुलाइ ओजिटिको लागि निजी क्षेत्रका उध्योगमा समेत पठाउने लक्ष्य लिएको उनले बताए । कार्यक्रममा उपप्रमुख उमा श्रेष्ठले यो छोटो अवधिको तालिम साधारण लेखपढ गर्न सक्नेदेखि उच्च शिक्षा हासिल गरेकाले आफ्नो घरबाट नै तालिममा जानसक्ने र खाजा भत्तासहित निशुल्क तालिम पाउने हुदा यस किसिमको तालिमको माग बढदै गएको बताइन् । मेकानिकल प्रशिक्षक इस्वरीलाल श्रेष्ठले बिदेशमासमेत काम गरी अनुभव बटुलेका र प्लस टु पास गरेका प्रशिक्षार्थीसमेत तालिम लिन आएको हुदा तालिम दिन र उनीहरुलाइ बुझाउन सहज भएको बताए । तालिममा देशका विभिन्न भागबाट सहभागिता जनाएको जनाइयो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार