सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ९ फागुन । नेपाली फिल्ममा द्वन्द्व निर्देशकको परिचय बनाएका चन्द्र पन्तले भोजपुरी फिल्म निर्देशन गरिसकेका छन् । स्वदेशीसँगै विदेशी प्राविधिकसँग काम गरिसकेका चन्द्र साता आगाडि मात्र ‘ह्रस्व–दीर्घ’ नामक फिल्ममा निर्देशकको रूपमा अनुबन्धित भएका छन् । ज्योतिषसँगै अभिनेतासमेत रहेका हरिहर अधिकारीसँग नजिकिएपछि फिल्म निर्माणसँगै निर्देशन गर्ने तयारी थालेकी नीता ढुंगानाले निर्देशनको जिम्मा चन्द्रलाई दिएकी छिन् । अघिल्लो साता फिल्ममा अनुबन्धित भएर निर्देशक पन्त अमेरिका पुगिसकेकी छिन् । चन्द्रले फिल्म साइन गर्नुको कारण राम्रो पारिश्रमिक नभई फिल्म नै प्राविधिक रूपमा अब्बल बनाउने तयारी भएको कारण दायित्व सम्हालेको बताए । स्तरीय फिल्म बनाउन टिम अप भएको निर्देशक पन्तको भनाइ छ ।
‘नेपालसँगै भारतका कलाकार र प्राविधिकहरूले काम गर्दैछन्’ निर्देशक पन्त भन्छन्, ‘फिल्मको लागत नै आठ करोडको हाराहारीमा हुने र नेपालीसँगै हिन्दी भाषामा समेत फिल्मको छायांकन हुँदै छ ।’
उनले फिल्ममा अभिनय गर्ने भारतीय कलाकारहरू परिचित नै हुने बताए । साथै, भारतीय केही प्रोडक्सन हाउस र ओटीटी कम्पनीसँग पनि लगानीका लागि छलफल भइरहेकोसमेत निर्देशक पन्तले बताए । उनले बलिउडका फिल्मकै काम भइरहेकै प्राइम फोकसमा प्राविधिक कामको कुराकानी गर्ने क्रममा केही भारतीय प्रोडक्सन हाउसहरू कन्सेप्टमा आकर्षित भएकाले छलफल भइरहेको बताएका छन् । पछिल्लो समय भोजपुरी फिल्म निर्देशनमा समेत सक्रियता बढाइरहेका निर्देशक पन्तले नेपाली फिल्मको बजार विस्तारका लागि पनि आफ्नो टिम स्तरीय फिल्म तयार गर्न तत्पर रहेको बताए ।
फिल्मको छायांकन भने दसैँ पछाडि गरिने उनले बताए । यो फिल्मको छायांकारको रूपमा सञ्जय लामा रहने छन् भने बाँकी कलाकार तथा प्राविधिकको छनौट हुन बाँकी छ ।
नीताले चन्द्र पन्तको निर्देशनमा एउटा भोजपुरी फिल्ममा काम गरेकी थिइन् । यही फिल्ममा काम गर्दाको विश्वासमा नीताले आफूले बनाउन लागेको फिल्म चन्द्रलाई निर्देशन गर्न दिएकी हुन् । ८५ दिनसम्मको सुटिङ सेड्युल रहने फिल्म ‘ह्रस्व–दीर्घ’ मा भारतीय कम्पनीबाट प्राविधिकहरू ल्याइने निर्माण कम्पनीको भनाइ छ ।