चन्द्रागिरी डाँडामा हिउँ पर्न सुरु

बिहीबार, माघ ६, २०७८

काठमाडौं, ६ माघ । पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रा.लि.ले जनाएको छ ।  चन्द्रागिरी हिल्स प्रा.लि.को फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ । गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार