प्रेमी रोहमनसँग सुस्मिता सेनको ब्रेकअप

शुक्रबार, पुस ९, २०७८

मुम्बई, ९ पुस । अभिनेत्री सुस्मिता सेनको प्रेमी रोहमन सलसँग ब्रेकअप भएको छ । सुस्मिताको घरमा बस्दै आएका रोहमनले आफ्ना सबै सामान लिएर साथीको घरमा बस्न थालेका छन् ।

सुस्मिता र रोहमन निकट स्रोतका अनुसार उनीहरुले ब्रेकअपको बारेमा मुख नखोले पनि यो जोडीबीच केही समययता खटपट रहदै आएको थियो ।

सुस्मिता विगत अढाई वर्षदेखि रोहमनसँग डेटमा थिइन् । रोहमन र सुस्मिताको उमेरमा करिब १६ वर्षको फरक छ । सुस्मिता ४६ वर्षकी र रोहमन ३० वर्षका छन् । उनीहरु लिभ–इन–रिलेसनसिपमा थिए ।

रोहमनको सुस्मिताका दुई छोरी रेनी र अलीशासँग राम्रो सम्बन्ध छ । दुवै छोरीहरु रोहमनलाई ‘बाबा’ भनेर बोलाउने गर्छन् ।–एजेन्सी

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  ०८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार