कांग्रेसका नयाँ नेतृत्व चयन गर्न राति ९ बजेसम्म मतदान समय 

सोमबार, मंसिर २७, २०७८

काठमाडौँ, २७ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान समय थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि सुरु भएकाले मतदानको समय थप गरिएको हो ।  निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । कांग्रेस १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १९:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार