सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर : गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८२⁄८३को मा गरेको कामको समीक्षा गरेको छ । पालिकाले शुक्रवार एक कार्यक्रम आयोजना गरि भएका कामको समीक्षा गरेको हो । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख गजेन्द्र महर्जनले समीक्षा कार्यक्रमले पालिकाको नीति तथा कार्यक्रमलाई मार्ग निर्देश गर्ने बताए । उनले भने, ‘हामीले काम गर्यौं, के उपलब्धि भयो, सुधार गनुपर्ने पक्ष के के हुन्,तिनलाई बुझ्न यो महत्वपूर्ण कार्यक्रम भएकाले यो कार्यक्रम राखेका हौंं। ’ गोदावरी नगरपालिकाले प्रत्येक वर्ष समीक्षा कार्यक्रम आयोजना गर्ने गरेको छ । शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणसँगै सम्पदा संरक्षणमा नगरले महत्वपूर्ण काम गरेको बताउँदै उनले भने, ‘ २०८१ सालको बाढी पहिरोले हाम्रो काममा केही अवरोध सिर्जना गरेपनि उपलब्धि हासिल गरेका छौं । ’ भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा हामीले गरेको ९० प्रतिशत कामलाई २०८१ असोजको बाढीले शून्यमा झारेको बताउँदै त्यो अवस्थाबाट क्रमश माथि उठेको नगर प्रमुखबताए । नगर उपप्रमुख मुना अधिकारीले गत आवमा उद्यमशीलता र महिला शिक्षामा फड्को मारेको बताइन् । तालिम लिएका धेरै जसोले आफ्नै व्यवसाय संचालन गरेको उनले प्रष्ट पारिन् । ४९ जना महिला, जसले पढ्ने उमेरमा पढ्न पाएनन्, उनीहरुले स्नातक तह अध्ययन गरिरहेको उनले जानकारी दिइन् । प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले समीक्षा बैठकले सबै शाखाले गरेको काम, प्रगति र गर्नुपर्ने कामलाई विश्लेषण गर्ने, मार्ग दर्शन दिने औंल्याए । गोदावरी नगरपालिकाका सिनियर डिभिजनल इन्जिन्जिर तथा प्राविधिक प्रमुख हरिशचन्द्र लामिछानेले निश्चित प्रक्रिया पुरा भएका नक्सापासलाई धेरै दिन कुर्न नपर्ने गरी अघिल्लो आबमा काम गरेको बताए । कागजात पुगेको अवस्थामा एकैदिन नक्सा पास हुने व्यवस्था मिलाएको उनले प्रष्ट पारे । कार्यक्रममा शिक्षा शाखाकी प्रमुख सुनिता महर्जनले सामुदायिक विद्यालयको कक्षा दशसम्म विद्यार्थी संख्या उल्लेख्य रहेको बताउँदै ११ र १२ कक्षामा विद्यार्थी संख्या तुलनात्मक रुपमा कम भएको बताइन् । स्वयमसेवक शिक्षक, ,प्रसुति विदामा रहेका शिक्षकको सट्टामा सट्टा शिक्षकको प्रावधान सुरु भएको बताइन् । स्वास्थ्य शाखाकी प्रमुख सुविना पौडेलले पालिकालाई गत आर्थिक वर्षमा नसर्ने रोगलाई प्राथमिकतामा राखेको बताइन् । नसर्ने रोग व्यापक हुँदै गएकाले पालिकाले यसलाई प्राथमिकता राखेको उनको भनाइ थियो । क्षयरोग पहिचान लगायत ज्येष्ठ नागरिक, भर्गवती महिलाको स्वास्थ्यलाई पालिकाले महत्व दिएको बताइन् । वतावरण, खानेपानी तथा सरसफाई शाखाकाका प्रमुख इन्जिनियर अनिता बोहराले विपद् नियन्त्रण सामग्री खरिदसँगसँग विपद् न्यूनीकरणका लागि गत आर्थिक वर्षमा पालिकाले उल्लेख काम गरेको बताइन् । नर्सरी स्थापना, कृत्रिम जलाशय निर्माणसँगसँगै खानेपानीको महसुल निर्धारण समिति कार्यविधि समेत तयार पारेको उनले जानकारी दिइन् । यो आर्थिक वर्षमा यो कार्यविधिको कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नक्सा शाखा,सडक उपशाखा, महिला बालबालिका शाखा, सामाजिक विकास शाखा , सहरी विकास शाखा, र राजश्व शाखालगायतका शाखाले गत आर्थिक वर्षमा गरेका कामको समिक्षा गरेका थिए ।