२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍याे ७६९ जनालाई कारबाही

सोमबार, भदौ ८, २०८३

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७६९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७६, सिसिटिभिमार्फत ७५, रातोबत्तीमा ५९ जना चालकलाई कारबाही गरिएको छ ।  यसैगरी, तीव्रगतिमा १३०, हर्न निषेधमा १३, लेन क्रसमा ८, अवस्था ठिक नभएको २१, एकतर्फीमा १४ र अन्यमा ३७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  ०९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार