सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण देश आहतमा छ । बाढीमा सयौँ व्यक्तिहरु परेका छन् केहीको शव फेला परे पनि सम्पर्कविहीन हुनेको संख्या ठूलो छ । आम मानिस आफ्ना आफन्तजनको खोजी, उद्धार र राहतको काम प्रभावकारी होस् भन्ने चाहिरहेका छन् । तर सरकार मन्त्रीहरु भने एक भारतीय लेखकसँग पाँच तारे होटलमा भोज खाइरहेको फोटो सार्वजनिक भएको छ । भारतीय लेखक तथा राजनीतिज्ञ शशि थरूर आफ्नो पुस्तक ‘म किन हिन्दू’ सार्वजनिक गर्न नेपाल आएका छन् । उनको पुस्तक बुधबार नै सार्वजनिक भए पनि उनीहरुले भेटघाट र समय बिताइरहेका छन् । उनै थरुरलाई भेट्न अर्थमन्त्री स्वर्णिम वाग्लेसहितका पदाधिकारीहरु लाइन लागेर होटलमा पुगेको सार्वजनिक भएको छ । थरुर अर्थमन्त्री वाग्लेसँग भेटेको फोटो सार्वजनिक गर्दै भनेका छन्, ‘नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेसँग प्रभावित भएँ । उहाँले आफ्नो देशका आर्थिक चुनौती र सम्भावनाबारे निकै गम्भीरतापूर्वक र विचारपूर्ण ढंगले कुरा गर्नुभयो । उहाँको मराठी नामबारे मलाई जिज्ञासा लागेको थियो । उहाँले आफ्ना पुर्खाहरू ८०० वर्षअघि महाराष्ट्रबाट नेपालमा बसाइँ सरेको बताउनुभयो । नयाँ नेपाल सरकारमा स्मार्ट, शिक्षित र व्यावसायिक व्यक्तिहरूको नयाँ पुस्ता जिम्मेवारीमा आएको छ । पेशाले अर्थशास्त्री रहेका वाग्ले त्यस पुस्ताका उत्कृष्ट प्रतिनिधि हुनुहुन्छ । दिनको अन्त्यमा उहाँसँगै रात्रिभोजमा सहभागी भएँ ।’ त्यस्तै उनले रास्वपा सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटबारे पनि ट्वीटरमा चर्चा गरेका छन् । अन्तराष्ट्रिय सम्बन्ध समितिकी सभापति सुम्निमा उदाससँग पनि भेट गरेको उनको दाबी छ । देश बाढी प्रलयमा परेका बेला जिम्मेवार व्यक्तिहरु भोज, मनोरञ्जनमा लाग्नु अस्वभाविक भएको राजनीतिक विश्लेषक देवराज दाहाल बताउँछन् ।