गुट रोज्ने कि विचार ? भन्दै महेश आचार्यले मागे भोट 

आइतबार, मंसिर २६, २०७८

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको स्वतन्त्रबाट उपसभापति पदमा उम्मेदवारी दिएका महेश आचार्यले ‘गुट रोज्ने कि विचार’ भन्दै भोट मागिरहेका छन् ।  १४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शनिबार भएको मनोनयन दर्ताका बेला उपसभापतिमा उम्मेदवारी दर्ता गराएका उनले महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् ।   ‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ? तपाईको विवेकले उचित निर्णय गर्नेछ’, उनले प्रतिनिधिलाई भनेका छन् ।  दुई सदस्य रहेको उपसभापतिका लागि सात जनाको उम्मेदवारी परेको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १२:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार