उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइयो, १ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने 

आइतबार, मंसिर २६, २०७८

काठमाडौं, २६ मंसिर : नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइएको छ । यसअघि आइतबार बिहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो ।

अब साढे १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय थप गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।  उम्मेदवारी फिर्ता गर्न चाहनेको संख्या ठूलो भएकाले समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

दिउँसो १ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार