सभापतिमा उम्मेदवारी दिएका देउवाको प्रस्तावक वालकृष्ण खाँड, समर्थक कृष्ण सिटौला

शनिबार, मंसिर २५, २०७८

 काठमाडौं, २५ मंसिर  । कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा मनोनयन दर्ता गरेका छन् । पार्टीको जारी १४औं महाधिवेशनमा देउवाले पुनः सभापतिका लागि उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता वालकृष्ण खाँड छन् भने सर्मथकमा कृष्णप्रसाद सिटौला छन् ।  देउवा प्यानलवाट महामन्त्रीमा पूर्णबहादुर खड्का र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिमा भने विजय गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार