एमालेले जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्यो

शनिबार, मंसिर २५, २०७८

काठमाडौं, २५ मंसिर : १० औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ ।

शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा जिल्ला अधिवेशन तथा ८ माघमा सात प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

भक्तपुरस्थित जर्मन हाउसमा बसेको बैठकले स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयन गर्ने एजेन्डामा उल्लेख गरे पनि सो भने आज सम्भव नभएको एमालेले जनाएको छ । बैठक आइतबार पनि जारी रहनेछ ।

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार