शशांक, रामशरण, अर्जुननरसिंह केन्द्रीय सदस्यका उम्मेदवार

शनिबार, मंसिर २५, २०७८

काठमाडौं, २५ मंसिर : एक समयका प्रभावशाली कांग्रेस नेताहरू १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमै सीमित हुने भएका छन् । जो यसअघि कांग्रेसको पदाधिकारी भइसकेका छन् ।

कांग्रेस महामन्त्री डा.शशांक कोइराला, डा.रामशरण महत र अर्जुननरसिंह केसी केन्द्रीय सदस्यका उम्मेदवार हुने भएका छन् । 

यसअघि केसी र महत कांग्रेस सहमहामन्त्री भइसकेका छन् । दुवैले केन्द्रीय सदस्यको मनोनयन दर्ता गरेका छन् । 

शशांक भने केही समयपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न जाँदैछन् । उनलाई केन्द्रीय सदस्यको सूचीको पहिलो नम्बरमा राखिएको छ ।

सुनिल थापाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी 

नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि सुनिल थापाले उम्मेदवारी दिएका छन् ।  राप्रपाबाट कांग्रेस प्रवेश गरेका उनले १४औँ महाधिवेशनअन्तर्गत सुरु भएको मनोनयन दर्ताका क्रममा सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

राप्रपाका तत्कालीन अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर छोरा रहेका उनी कांग्रेसको सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन् । 

कांग्रेस प्रवेश गर्दा सहमहामन्त्री बनाइए पनि चुनावी प्रतिस्पर्धामा भने थापाले सदस्य पदमा उम्मेदवारी दिएका हुन् । 

 शनिबार बिहान ११ बजेपछि सुरु भएको मनोनयन दर्ता प्रक्रिया साँझ ५ बजेसम्म रहने कांग्रेस निर्वाचन समितिले जनाएको छ । 

केन्द्रीय सदस्यमा अर्जुननरसिंह केसी र डा. रामशरण महतले पनि उम्मेदवारी दिएका छन् । 

यसैबीच, अहिलेसम्म आठ सहमहामन्त्रीका लागि देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, वकिल मिया, तेजुलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार