सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको सभापतिमा कल्याणकुमार गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । उनले केही समयअघि मात्र सभापतिमा मनोनयन दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका गुरुङले धेरै अघि पत्रकार सम्मेलन गरेरै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
सुरुमा संस्थापन पक्षमा रहेका गुरुङ पछि पौडेल समूहमा थिए । उनी कांग्रेस विभाजनपछि नेविसंघको अध्यक्षमा निर्वाचित भएका थिए ।
कांग्रेस नेतृ रमा पौड्यालको खुला महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी
नेपाली कांग्रेसकी जुझारु नेतृ रमा पौड्यालले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकी छन्। पौड्यालले खुल्ला महिलातर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गरेकी हुन् ।
पार्टीभित्र श्रमिकहरूको हकहितका लागि सशक्त आवाज उठाएर उनीहरूको प्रतिनिधित्व बढाई कांग्रेस पार्टीलाई श्रमिकमय बनाउन केन्द्रीय समितिमा पुगेपछि आफ्नो अहं रहने नेतृ पौड्यालले बताइन् । महिलाहरूलाई पार्टी संगठनमा सशक्त बनाउन र केन्द्रीय समितिसम्म महिलाका आवाज पुर्याउन पौड्यालले केन्द्रीय सदस्यमा आफूलाई जिताउन अपिल गरेकी छन् । केही समयमै उनले उम्मेदवारी दर्ता गराउने भएकी छन् ।
ट्रेड युनियन कांग्रेसको राजनीतिमा तीन दशकभन्दा बढी बिताएकी पौड्याल वैकल्पिक कांग्रेस केन्द्रीय सदस्य पौडेल हुन् । पारिवारिक राजनीतिक विरासत बोकेकी समन्वयकारी नेतृ कांग्रेस नेता कार्यकर्तामाझ निकै लोकप्रिय छिन् ।