सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत, २५ मंसिर : नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश स्तरीय अधिवेशन शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगर–६ स्थित सिटी हलमा सुरु भएको छ । कर्णालीका १० जिल्लाका करिब आठ जना प्रतिनीधिहरूको सहभागितामा कर्णाली प्रदेशको सम्मेलन सुरु भएको हो ।
कर्णाली प्रदेशको नेतृत्वका लागि कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका १६ जना केन्द्रीय सदस्यमध्ये १४ जनाले नेतृत्वका लागि आंकाक्षा देखाएका छन् ।
कर्णालीबाट केन्द्रीय सदस्य रहेका हालका अध्यक्ष राजकुमार शर्मा र सचिवमा रामदिप आचार्य, टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, बिन्दमान विष्ट, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, झकबहादुर मल्ल, मायाप्रसाद शर्मा, नरेश भण्डारी, गजेन्द्र महत, विजय भण्डारी, सत्या पहाडी, र वसन्त शर्मा, नरबहादुर विष्टले अध्यक्ष हुने आंकाक्षा देखाएका छन् । १६ केन्द्रीय सदस्यमध्ये अर्थमन्त्री रहेका जर्नादन शर्मा र शक्तिबहादुर बस्नेत प्रदेश अध्यक्षमा आंकाक्षी छैनन् ।
केन्द्रमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत र हालका अर्थमन्त्री जर्नादन शर्मा केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकटका रुपमा रहँदै आएका छन् । तर, कर्णाली प्रदेशमा आउँदा यी दुबै नेताले आआफ्ना गुट सञ्चालन गरेका छन् ।
कर्णालीमा अहिले १४ जनामध्ये कालीबहादुर मल्ल, मायाप्रसाद आचार्य, रामदीप आचार्य, नरेश भण्डारी र महेन्द्रबहादुर शाही, हालका अध्यक्ष राजकुमार शर्माले अध्यक्षका दाबी गरेका छन् । कालीबहादुर, नरेश, रामदीप, मायाप्रसाद बस्नेत समूहका हुन भने महेन्द्र र राजकुमार जर्नादनका समूहमा रहेका छन् ।
माओवादी लुम्बिनी अधिवेशन, काे काे छन् नेतृत्वकाे दाबेदार ?
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अधिवेशन शनिबार हुँदै छ । माओवादीकाे शनिबार देशभर प्रदेश अधिवेशन हुन लागेकाे हाे । जसअनुसार लुम्बिनी प्रदेश अधिवेशनको शनिबार दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएको छ ।
प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी रहने छन । जसअनुसार लुम्बिनी प्रदेशमा २५३ सदस्यीय समिति हुनेछ ।
लुम्बिनी प्रदेश अध्यक्षमा दाङका हेमराज शर्मा ‘डायमन्ड’, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’, पूर्वी रुकुमका तेजबहादुर वलीलगायतको नाम चर्चा छ ।