अझै प्रतिगमनको खतरा छ : माधव नेपाल

शनिबार, मंसिर २५, २०७८

बुटवल, २५ मंसिर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा अझै प्रतिगमनकाे खतरा रहेकाे चेतावनी दिएका छन् । शनिबार बुटवलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले पनि प्रतिगमनको खतरा रहेकाे भन्दै सचेत रहनु पर्ने बताए । 

इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोसिस भइरहेको भन्दै इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उनकाे भनाइ छ।

उनले समाजमा दलाल पुँजीवाद हावी भएको र कतिपय दलहरू त्यसैमा रमाइरहेको बताएका नेता नेपालले दलाल पुँजीवाद हटाएर समाजवाद स्थापना गर्ने आफ्नो दलको अभिभारा रहेकाे‍ र यस अभिभारा पूरा गरेरै छाड्ने बताए । 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १०:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार