सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएँ, पौडेललाई साझा उम्मेदवार बनाउनुपर्छ : शशांक

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं, २४ मंसिर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका शशांक कोइरालाले आफू सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएको बताएका छन् । 

शुक्रबार महाधिवेशनको उद्घाटन समारोह सकिएसँगै बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साझा उम्मेदवार चयनका लागि जुटेका संस्थापन इतर पक्षको बैठकबाट बाहिरिँदै नेता कोइरालाले आफू सभापतिको दौडबाट बाहिरिएको जानकारी दिए । 
आकांक्षी तीन जनाबीच सहमति नजुटेको उनले बताए ।  

‘म प्रतिस्पर्धाबाट बाहिरिसकेको छु’ कोइरालाले भने ‘तीनजना बीचमा सहमति हुन सकेको छैन।’

कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउनु पर्ने बताए। 

'शेखर र प्रकाशमान बाहिरिएर रामचन्द्र पौडेललाई नै साझा उम्मेदवार बनाउनुपर्छ' उनले भने । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  २१:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार