संस्थापनबाट सिटौला पक्षका प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं, २४ मंसिर : नेपाली कांग्रेसको संस्थापन पक्ष र नेता कृष्णप्रसाद सिटौला पक्ष मिलेर निर्वाचनमा जाने भएका छन् । 

शुक्रबार उद्घाटन भएको कांग्रेको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता सिटौला पक्षबीच पदाधिकारीमा भागबण्डा मिलेसँगै नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा एक हुने भएको हो । 

महाधिवेशनमा संस्थापन पक्षबाट कृष्ण प्रसाद सिटौला समूहमा रहेका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने गरि सहमति भएको हो । 

सिटौला पक्षमा रहेका नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाका अनुसार देउवा र सिटौला पक्षबीच यसबारे सहमति भएको हो ।

दुई पक्षबीच पौडेललाई महामन्त्री बनाउने गरि सहमति भएको उनी निकट स्रोतको दाबी छ । यसअघि सिटौलाले महाधिवेशनको उद्घाटनमा प्रदीप पौडेलाई भोटसमेत मागेका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  २१:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार